एसिया रग्बी सेभेन्स ट्रफी खेल्न फिलिपिन्ससँगै तीन राष्ट्र नेपाल आइपुगे

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०६-१५
  • |
  • 467 पटक हेरिएको

काठमाडौं । नेपालमा हुन गइरहेको एसियाकै ठूलो रग्बी प्रतिस्पर्धा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सहभागीता जनाउन अफगानिस्तानको पुरूष टोली नेपाल आइपुगेको छ ।

मंगलबार अफगानिस्तान र चाइनिज ताइपेइसँगै फिलिपिन्सको महिला तथा पुरुष टोली नेपाल आइपुगेका हुन् । उनीहरू नेपाल रग्बी संघका केन्द्रीय सदस्यद्व शन्तकुमार मेहता, रविन केसी र अन्तर्राष्ट्रिय रेफ्री प्रेम कोइरालालगायतले स्वागत गरेका हुन् ।

अफगानिस्तान हायत प्यालेस र बाँकी दुई टोली होटेल लेमोन ट्रीमा रहनेछन् । यसै प्रतियोगिताका लागि पोखरामा नेपाली टोलीले करिब तीन महिना देखि अभ्यास गरिरहेको छ । नेपाली टोली पनि मंगलबार नै काठमाडौं आइपुगेको छ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी आउन अब तीन दिन मात्र बाँकी छ ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा आगामी असोज १८ र १९ गते दशरथ रंगशालामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । पहिलोपल्ट नेपालमा एसियाली स्तरको सिनियर रग्बी प्रतियोगिता आयोजना हुन लाग्दा नेपालका रग्बी खेलाडी निकै उत्साहित छन् ।

यस प्रतियोगिताका लागि तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey