सुदूरपश्चिमको पोस्टमा १४ गोल

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०५-२५
  • |
  • 663 पटक हेरिएको

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको एन्फा महिला लिग अन्तर्गतको खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध १४-१ को फराकिलो जित हासिल गरेको छ।

खेल अवधिभर आर्मीले सुदूरपश्चिमलाई दबाबमा राख्दै उत्कृष्ट प्रदर्शन गर्‍यो।

आर्मीको जीतमा दीपा शाहीले पाँच गोल गरिन् भने अनिता लम्जेलले दुई गोल थपिन्। त्यस्तै, विमला चौधरी, हिमा चौधरी, चन्द्रा भण्डारी, सन्जु कुमाल, विमला विक, र सावित्रीदेवी मगरले समान एक-एक गोल गरे।

दुवै टोलीले समान एक गोल आत्मघाती उपहार पाएको थियो। 

यो आर्मीको लिगमा दोश्रो जित हो। ३ खेलबाट ६ अंक जोड्दै आर्मी चौंथो स्थानमा उक्लिएको छ। लगातार तेस्रो खेलमा फराकिलो हार बेहोरेको सुदूरपश्चिम प्रदेशले भने तीनै खेलमा कुनै अंक जोड्न सकेको छैन।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal