टी-२० क्रिकेटमा मंगोलिया १० रनमै अलआउट
- एजेन्सी
- |
- २०८१-०५-२०
- |
- 631 पटक हेरिएको
काठमाडौँ। मंगोलिया आइसीसी टी-२० विश्वकपको एशिया क्वालिफायर अन्तर्गतको खेलमा सिंगापुरविरुद्ध केवल १० रनमा अलआउट भएको छ। विहिबारको खेलमा मंगोलियाले १० ओभरमा १० रन मात्र बनाएको थियो।
मंगोलियाका पाँच ब्याट्सम्यान डक आउट भए भने २ जनाले २-२ रन बनाएका थिए। अतिरिक्त २ रन प्राप्त गर्न सफल भएका मंगोलियाका चार ब्याट्सम्यानले एक-एक रन बनाएका थिए। सिंगापुरका बलर हर्ष भारध्वाजले ६ विकेट लिइरहेका थिए। ११ रनको लक्ष्य प्राप्त गर्न सिंगापुरले ५ बलमा एक विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मंगोलिया सबैभन्दा कम रन बनाउने दोस्रो टिम बनेको छ। यसअघि आइल अफ म्यानले स्पेनविरुद्ध १० रन बनाएको थियो।
मंगोलियाले यस वर्षका चार इनिंगमा सबैभन्दा कम रन बनाउने सूचीमा तीन पटक समावेश भएको छ। यसअघि मंगोलियाले जापानविरुद्ध १२ र हङकङविरुद्ध १७ रन बनाएको थियो।