'बेलुन डि'ओर' को २०२४ का लागि मनोनयन सार्वजनिक

Kelmi

  • एजेन्सी
  • |
  • २०८१-०५-२०
  • |
  • 364 पटक हेरिएको

काठमाडौँ। विश्व फुटबलको प्रतिष्ठित अवार्ड 'बेलुन डि'ओर' को २०२४ का लागि मनोनयन सार्वजनिक गरिएको छ। फ्रान्स फुटबल फेडेरेसनले हरेक वर्ष प्रदान गर्ने यस अवार्डका लागि यो वर्ष ३० खेलाडी मनोनित भएका छन्। यी ३० खेलाडीमध्ये एक जनालाई अक्टोबर २८ मा हुने एक विशेष समारोहमा 'बेलुन डि'ओर' अवार्डले सम्मानित गरिने छ।

मनोनित खेलाडीहरूमा प्रमुख रूपमा रियल म्याड्रिडका जुडे बेलिंघम (इङ्ल्याण्ड), म्यानचेस्टर सिटीका रुबेन डियाज (पोर्चुगल), फिल फोडेन (इङ्ल्याण्ड), फेडेरिको भाल्भेर्डे (उरुग्वे), एस्टन भिल्लाका इमिलियानो मार्टिनेज (अर्जेन्टिना), म्यानचेस्टर सिटीका इर्लिंग हलाण्ड (नर्वे), एथलेटिक क्लबका निको विलियम्स (स्पेन), बायर लिभरकुसेनका ग्रान्ट जाखा (स्वीजरल्याण्ड) लगायत छन्। 

यस पटकको मनोनयनमा लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो भने अटाएका छैनन्। मेसीले अहिलेसम्म ८ पटक र रोनाल्डोले ५ पटक 'बेलुन डि'ओर' जितेका थिए। 

मनोनयनमा परेका केही अन्य खेलाडीहरूमा म्यानचेस्टर सिटीका रोड्री, रियल म्याड्रिडका भिनिसियस जुनियर, आर्सनलका बुकायो साका, र पेरिस सेन्ट-जर्मेन (पिएसजी) का भिटिन्हा रहेका छन्। 

'बेलुन डि'ओर' विश्व फुटबलको एक प्रतिष्ठित पुरस्कार हो, जसले वर्षको उत्कृष्ट खेलाडीलाई सम्मानित गर्दछ।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal