फाइनल प्रवेशका लागि नेपाल र इरान भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०४-२२
  • |
  • 922 पटक हेरिएको

काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिग २०२४ को फाइनल प्रवेशका लागि आज (मंगलबार) नेपालले इरानको सामना गर्दैछ। आइबार सम्पन्न लिग चरणको खेलमा नेपाल इरानसँग २-३ को सेटमा पराजित भएको थियो।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा नेपाल र इरानबीचको खेल ५:१५ बजेबाट सुरु हुनेछ। यस्तै, अर्को सेमिफाइनलमा भारतले श्रीलंकाको सामना गर्नेछ।

पहिलो सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ। यो मंगलबार खेल ३ बजेबाट सुरु हुनेछ।

सोमबार सम्पन्न लिग चरणको अन्तिम खेलमा भारतले श्रीलंकालाई ३-० को सोझो हराएसँगै नेपालले सेमिफाइनलमा इरान प्रतिद्वन्द्वी पाएको थियो।

यस्तै लिग चरणको अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई ३–० को हराउँदै दोस्रो स्थान हासिल गर्यो। नेपालले तेस्रो स्थानमा रहेको इरान प्रतिद्वन्दी पायो।

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal