पेरिस ओलम्पिक : फ्रान्स र स्पेन स्वर्णको लागि भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०४-२२
  • |
  • 948 पटक हेरिएको

काठमाडौं । आयोजक फ्रान्स र स्पेन पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदकका लागि भिड्ने भएका छन्। 

गएराति सम्पन्न सेमिफाइनल खेलमा स्पेनले मोरक्कोलाई २–१ ले र फ्रान्सले इजिपटलाई ३–१ ले हराउँदै फइनल प्रवेश गरेका हुन्। 

फाइनल खेल ९ अगष्टमा पेरिस सेन्ट जर्मेन (पिएसजी)को मैदान पार्क डेस प्रिन्सेसमा हुनेछ।

स्पेनको जितमा फर्मिन लोपेज र जुआन्लु सान्चेजले गोल गरे। मोरक्कोका लागि सौफिअनले गरेको गोल सान्त्वना बन्यो।

खेलको ३७औं मिनेटमा सौफिअन रहिमीले पेनाल्टीमा गोल गर्दै मोरक्कोलाई अग्रता बनाएका थिए तर, फर्मिन लोपेजले ६५औं मिनेटमा गोल गरेपछि स्पेन खेलमा फर्कियो। त्यसपछि जुआन्लु सान्चेजले ८५औं मिनेटमा स्पेनका लागि विजयी गोल गरे।

अर्को सेमिफाइनलमा फ्रान्सले इजिप्टलाई ३–१ ले हरायो। फ्रान्सको जितमा जेआन फिलिप माटेटाले दुई र माइकल ओलिसले एक गोल गरे। खेलमा एक शून्य गोलले पछि परेको फ्रान्सले खेलको ८३औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरी अबस्थामा ल्याए। 

त्यपछि अतिरिक्त समयको ९९औँ मिनेटमा फिलिप र १०८औँ मिनेटमा माइकलले गोल गरेपछि खेलमा फ्रान्स विजयी भयो। 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal