काभा बिच भलिबल : महिलातर्फ नेपाल विजयी
- नेप्लेज
- |
- २०८१-०४-१७
- |
- 1032 पटक हेरिएको
काठमाडौं । काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले विजयी सुरुआत गरेको छ।
भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रंगशालामा बिहीबार नेपालले उज्वेकिस्तानलाई २-० को सोझो सेटमा पराजित गरेको हो। कमला पुन र मनिषा चौधरीको जोडीले खेल २१-१७, २१-१५ ले आफ्नो पक्षमा पार्यो।
पुरुषतर्फ भने नेपाली टोली माल्दिभ्ससँग २-० को सोझो सेटमा पराजित भयो। मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले खेल १६-२१, १५-२१ ले गुमायो।