मनाङ र थ्री स्टार विजयी

Kelmi

  • |
  • २०८१-०४-१७
  • |
  • 745 पटक हेरिएको

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लबले जित हासिल गरेका छन्। 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा मनाङले विभागि टोली नेपाल एपिएफ क्लबविरुद्ध २-१ को रोमाञ्चक जित हासिल गरेको छ।

मनाङको जितमा दर्शन अधिकारीले गोल गर्दा एक गोल आत्मधाती उपहार पाएको थियो। एपिएफका लागि सुदीप सुनारले गरेको गोल सान्त्वना बन्यो।

खेलको चौथो मिनेटमै दर्शनको गोलमार्फत मनाङले अग्रता लिएको थियो। ६४औं मिनेटमा सुदीपले एपिएफका लागि बराबरी गोल फर्काए।

निर्धारि समय सकिन चार मिनेट बाँकी छँदा अमन मोक्तानबाट आत्मधाती गोल हुन पुग्दा मनाङ विजयी भयो। 

पाँचौं जितसँगै ६ खेलमा १५ अंक जोडेको मनाङ शीर्ष स्थानमा उक्लिएको छ। तेस्रो पराजय ब्यहोरेको एपिएफ समान खेलबाट सात अंक छ।

यस्तै दिनको दोस्रो खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई २–० ले पराजित गरेको छ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal