भारतको विजयी सुरुआत

-
नेप्लेज
- |
- २०८१-०४-१७
- |
- 739 पटक हेरिएको
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबल लिगमा भारतले विजयी सुरुआत गरेको छ।
त्रिपुरेस्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बिहिवार सम्पन्न खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो।
पहिलो सेट २५–२०, दोस्रो सेट २५–१८ ले जितेको भारतले तेस्रो सेट १९–२५ ले गुमाएको थियो।
त्यसपछि चौथो सेटमा भारतले २५–१० ले आफ्नो पक्षमा पार्दै विजयी सुरुआत गरेको हो।
यस्तै बिहिवारको पहिलो खेलमा नेपालले श्रीलंकामाथि ३–० को सोझो सेटमा जित हासिल गरेको थियो।