म्यानचेस्टर युनाइटेड विजयी

- |
- २०८१-०४-१७
- |
- 777 पटक हेरिएको
काठमाडौं । प्रि–सिजन क्लब मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले रियाल बेटिसलाई पराजित गरेको छ।
अमेरिकाको क्यालिफोर्नियास्थित स्न्यापड्रागन रंगशालामा बिहिवार बिहान सम्पन्न खेलमा युनाइटेडले बेटिसलाई ३–२ गोल अन्तरले पराजित गरेको हो।
युनाइटेडको जितमा मार्कस रासफोर्ड, अमद डियालो र क्यासिमिरोले गोल गरे। यता, बेटिसका लागि इकर लोसडा र डियागो लोरियन्टले गरेको गोल सान्त्वना बन्यो।
खेलको १५औं मिनेटाम लोसडाको गोलमार्फत बेटिसले अग्रता लिएको थियो। तर, उक्त गो गरेको सकेन तीन मिनेटपछि नै रासफोर्डले पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई बराबरीमा ल्याए।
डियालोले २४औं मिनेटमा गोल गर्दा युनाइटेड २(१ ले अगाडि बढ्यो। ३१औं मिनेटमा क्यासिमिरोले युनाइटेडका लागि तेस्रो गोल गरे।
लोरियन्टले ६१औं मिनेटमा गोल गर्दै बेटिसलाई ३–२ को अबस्थामा ल्याएर त्यसपछि बाँकी समय थप गोल नहुँदा युनाइटेड विजयी भयो।