आर्सनलमाथि लिभरपुलको जित

-
नेप्लेज
- |
- २०८१-०४-१७
- |
- 733 पटक हेरिएको
काठमाडौं । प्रि–सिजनको क्लब मैत्रिपुर्ण खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी आर्सनल लिभरपुलसँग पराजित भएको छ।
अमेरिकाको लिंकन फाइनान्सियल फिल्ड मैदानमा बिहिवार विहान सम्पन्न खेलमा लिभरपुल २–१ गोलले विजयी भएको हो।
लिभरपुलको जितमा महोम्मद सलाह र फाबियो कार्भाल्होले गोल गरे भने आर्सनलका लागि काइ हाभर्टेजले गरेको गोल सान्त्वना बन्यो।
खेलको १३औँ मिनेटमा सलाहको गोलमार्फत लिभरपुलले सुरुआती अग्रता बनाएको थियो। ३४औँ मिनेटमा कार्भाल्होले टोलीको अग्रता दोब्बर बनाए।
४०औँ मिनेटमा हाभर्टेले गोल गर्दै आर्सनललाई खेलमा फर्काउने संकेत दिए पनि बाँकी समय थप गोल नहुँदा लिभरपुल विजयी भयो।