अलराउन्डर वरीयतामा सीताको १५ स्थान सुधार

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०४-०८
  • |
  • 1203 पटक हेरिएको

काठमाडौं। आइसिसी टी-२० अलराउन्डर वरीयतामा नेपाली राष्ट्रिय टोलीकी सदस्य सीता रानामगरले फड्को मारेकी छन्।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनले एकैपल्ट १५ स्थान सुधार गरेकी हुन्।

नयाँ वरीयतामा उनी ५८औं स्थानमा छिन्। यसअघि उनी ७३औं स्थानमा थिइन्। उनीभन्दा अगाडी रुबिना क्षेत्री छिन्। ६ स्थान सुधार गर्दै उनी ४८औं स्थानमा पुगेकी छन्।

यस्तै, कप्तान इन्दु बर्माले पनि १२  स्थान सुधार गरेकी छन्। उनी नयाँ वरीयतामा ६६औं स्थानमा छिन्। यसअघि उनी ७८औं स्थानमा थिइन्।

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal