स्पेन युरोकपको फाइनलमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-२६
  • |
  • 652 पटक हेरिएको

काठमाडौं । स्पेन युरो कप २०२४ को फाइनलमा प्रवेश गरको छ । मंगलबार राति भएको खेलका खेलमा स्पेनले फ्रान्समाथि २–१ गोल अन्तरको पुनरागमन जित निकाल्दै फाइनलमा स्थान बनाएको हो । जर्मनीको म्युनिख रंगशालामा भएको सेमिफाइनलमा सुरुआती गोल भने फ्रान्सले गरेको थियो ।

तर उक्त अग्रता फ्रान्सले धेरैबेर टिकाउन सकेन । खेल सुरु भएको आठौं मिनेटमा कोलो मुआनीले केलियन एम्बाप्पेको पासमा गोल गरेका थिए । उनले गरेको हेडर गोल नै युरो कप फुटबलमा डेसच्याम्पकको टोली फ्रान्सका खेलाडील गरेको पहिलो खुला गोल थियो । 

१ गोलले पछि परेको स्पेन जारी युरोमा उत्कृष्ट लयमा रहेको प्रमाणित गर्न धेरै बेर कुर्नु परेन । २१ औं मिनेटमा अल्भारो मोराटाको पासमा १६ वर्षिय खेलाडी लामिन यमलले गोल गर्दै खेल एक एकको बराबरीमा ल्याएका थिए । 

२५ औं मिनेटमा डानी ओल्मोले गोल गरेपछि स्पेनले २–१ को अग्रता लिएको थियो ।

त्यसपछि दुवै टिमले थप गोल नगरेपछि अन्तिमसम्म २–१ को अग्रता कायम गर्दै स्पेनले फाइनलमा स्थान पक्का गर्न सफल भयो । स्पेन २०१२ पछि पहिलो पटक फाइनलमा स्थान बनाउन सफल भयो । स्पेनले अब उपाधिका लागि इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको विजेतासँग खेल्ने छ ।  

भर्खरै

Advertisement

Brand Logic

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal