भारतलाई १११ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 642 पटक हेरिएको

काठमाडौं । आसीसी टी२० विश्वकप अन्तर्गत आफ्नो तेस्रो खेलमा अमेरिकाले भारतलाई १११ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाए र ११० रन बनायो।

अमेरिकाका लागि ब्याटिङतर्फ नितिश कुमारले २३ बलमा २७ तथा ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए। कोरी एन्डरसनले १२ बलमा १५ तथा कप्तान आरोन जोन्सले २२ बलमा ११ रन बनाए।

भारतका लागि बलिङतर्फ अर्शदिप सिंहले चार ओभरमा नौं रन खर्चिएर चार विकेट लिए। हार्दिक पान्ड्याले दुई तथा अक्षर पटेलले एक विकेट लिए।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal