तेस्रो प्याब्सन कप : ग्यालेक्सी र मोर्डन एरा क्वाटरफाइनलमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०२
  • |
  • 492 पटक हेरिएको

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल टुर्नामेन्टमा विराटनगरका ग्यालेक्सी र मोर्डन एरा स्कुल क्वाटरफाइनलमा पुगेका छन् । 

विराटनगरको सहिद मैदानमा बुधबार भएको पहिलो खेलमा मदरल्याण्ड एकाडेमीलाई १–० गोलले हराउँदै ग्लोक्सी क्वाटरफाइनलमा पुगेको हो । 

जितको लागि निर्णायक गोल ग्यालेक्सीका एमडी मासुमले गरे । उनी खेलको प्लेर अफ द म्याच पनि घोषित भए । 

सोही दिन भएको दोस्रो खेलमा मोर्डन एरा स्कुलले दपर्ण स्कुललाई ३–० गोलले पराजित गर्यो । जितको लागि मोर्डन एराको तर्फबाट चिरिन्जवि भूजेल, रोसिक राई र अमन माझीले गोल गरे । खेलको प्लेर अफ द म्याच रोसिक राई घोषित भए । 

बिहिबार हुने पहिलो खेल एभरेष्ट र ग्रीनल्याण्ड, दोस्रो सनसाईन र पुर्वाञ्चल, तेस्रो सिद्धार्थ र  सगरमाथा र चौथो खेल जेम्स र डिपिएस स्कुलबीच हुने खेल संयोजक नन्दलाल मण्डलले जानकारी दिए । 

भर्खरै

Advertisement

Nagarik Lagani Kosh

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal