साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र श्रीलंका भिड्ने

-
नेप्लेज
- |
- २०८१-०३-०२
- |
- 684 पटक हेरिएको
काठमाडौं । आयोजक नेपालले साफ यु-२० च्याम्पियनसिपको पहिलो खेल श्रीलंकासँग खेल्ने भएको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले बुधबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल श्रीलंकासँग खेल्ने पक्का भएको हो।
नेपाल र श्रीलंकाको खेल १६ अगस्टमा हुनेछ।
नेपाल समूह ए मा रहेको छ। यो समूहमा नेपाल र श्रीलंकासँगै बंगलादेश र पाकिस्तान रहेका छन्। यसअघि काठमाडौंमा भएको अघिल्लो संस्करणमा पाकिस्तानलाई पराजित गर्दै भारतले उपाधि जितेको थियो।