राष्ट्रिय गोल्डेन एथलेटिक्स असार ३ र ४ गते

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०१
  • |
  • 393 पटक हेरिएको

तेश्रो संस्करणको राष्ट्रिय गोल्डेन एथलेटिक्स मिट,२०२४ काठमाडौको दशरथ रंगशालामा असार ३ र ४ गते आयोजना हुने भएको छ ।

एथलेटिक्स परिवार नेपालले संचालन गर्ने यस पटकको प्रतियोगितामा महिला तथा पुरुष खुल्ला र ४० बर्ष माथिका भेट्रान खेलाडीहरु बिच बिभिन्न ईभेन्टहरुमा प्रतिष्पर्घा हुनेछ ।

नेपाली एथलेटिक्स जगतमा अहिले सम्मकै धेरै ईभेन्ट समाबेश भएको तेश्रो राष्ट्रिय गोल्डेन एथलेटिक्स मिटमा तिन वटै बिभागीय टिम, प्रदेशहरु र बिभिन्न निकायहरुका करिब ३०० खेलाडीहरुको सहभागिता रहने छ ।

ट्रयाक एण्ड फिल्डमा ५२ वटा ईभेन्ट समावेश २ दिने प्रतिस्पर्धामा बिजयी खेलाडीहरुलाई पदक, प्रमाणपत्रको साथै नगद पुरस्कार र उपहारहरु प्रदान गरिनेछ । प्रतियोगिता संचालन गर्न बिस लाख खर्च हुने आयोजकको अनुमान छ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey