पाकिस्तान र क्यानडा भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०३-०१
  • |
  • 393 पटक हेरिएको

काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जारी आइसीसी टी(२० विश्वकप क्रिकेटमा आज (मंगलबार) पाकिस्तान र क्यानडा भिड्दै छन्।

विश्वकपको १९औं खेल अनतर्गत समूह ए मा रहेका पाकिस्तान र क्यानडा नेपाली समय अनुसार बिहीबार सवा आठमा खेल्दैछन्।

पहिलो दुवै खेलमा पराजित पाकिस्तानलाई सुपर आठको सम्भावना कायमै राख्न जित्नै पर्ने दवाव रहेको छ। पाकिस्तान पहिलो खेलमा अमेरिकासँग सुपर ओभरमा पराजित हुँदा दोस्रो खेलमा भारतसँग पराजित भएको थियो।

क्यानडालाई पनि सुपर आठ प्रवेशको सम्भावना कायम राख्न जित्नै पर्ने दवाव रहेको छ। पहिलो खेलमा अमेरिकासँग पराजित क्यानडाले दोस्रो खेलमा आयरल्यान्डलाई पराजित गरेको थियो।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey