रोशनको पाँच गोलमा समाज कल्याणको सहज जित
- नेप्लेज
- |
- २०८१-०३-०१
- |
- 375 पटक हेरिएको
काठमाडौं । रोशन क्षेत्रीको पाँच गोलमा सहिद स्मारक सी डिभिजन लिग अन्तर्गत सिजनको अन्तिम खेलमा समाज कल्याण खेलकुद केन्द्रले सहज जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा समाज कल्याणले झम्सिखेल युवा क्लबमाथि ६–३ गोल अन्तरले सहज जित हासिल गरोको हो।
समाज कल्याणको जितमा रोशन क्षेत्रीले ह्याट्रिकसहित पाँच गोल गरे। उनले खेलको नौं मिनेट, १९औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दा ३२औँ मिनेटमा ह्याट्रिक पूरा गरे।
त्यसपछि ८०औँ मिनेटमा चौथो तथा ८३औँ मिनेटमा ब्यक्तिगत पाँचै गोल गरे। त्यसबाहेस समाज कल्याणको लागि डिकेशले लामाले २८औँ मिनेटमा एक गोल गरे।
यता, झम्सिखेलको लागि विवश लावतीले ४१औँ आर्यन थापा मगरले ७२औँ र ओम धामीले ८८औँ मिनेटमा गरेको गोल सान्त्वना बन्यो।
जितसँगै १३ खेलबाट १९ अंक बनाएको समाज कलयाणले छौटौँ स्थानमा रहेर यस सिजनको लिगमा सुखद अन्त्य गरेको छ। समान खेलबाट १६ अंक जोडेको झम्सिखेल सातौँ रहँदै लिग अन्त्य गर्यो।