चावहिल सेमिफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-१२
  • |
  • 505 पटक हेरिएको

चावहिल स्पोर्टस् क्लब ‘ए’ तेश्रो वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ।

काठमाडौं महानगरपालिका वडा ७ द्वारा आयोजित प्रतियोगितामा चावहिलले जोरपाटी भेट्रानलाई टाइब्रेकरमा २–० गोलले पराजित ग¥यो। निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो।

चावहिलका दिलिप क्षेत्री ‘म्यान अफ दि म्याच’ घोषित भए। फ्रिडम ‘ए’ ले सरस्वतीनगर भेट्रानलाई ३–२ गोलले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो। फ्रिडमका विनोद खड्गी, विकर्ण श्रेष्ठ र रामकुमार घिसिङले समान १–१ ले गोल गरे। सरस्वतीनगरका अनल आचार्य र सुनिल सुवेदीले समान १–१ गोल फर्काए।

सानोगौचरण नाइट किङ क्लब, ब्रदर्श युनाइटेड फ्रिडम र कपन भेट्रान क्वाटरफाइनलमा पुगे। सानोगौचरणले बौद्ध भेट्रानलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पाखा लगायो। निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगिएको थियो। ब्रदर्श युनाइटेडले चितवन भेट्रानलाई ३–० ले पन्छायो। ब्रदर्श युनाइटेडका निलेन्द्र देवानले २ तथा सन्तोष बस्नेतले १ गोल गरे।

कपन भेट्रानले लाजिम्पाट भेट्रानमाथि ५–२ को जित दर्ता ग¥यो। कपनका पासाङ शेर्पाले २ तथा किशोर नेपाली, सानु तामाङ र उमेशजंग थापाले समान १–१ गोल गरे । लाजिम्पाटका सुन्दर खड्का र राजु डंगोलले १–१ गोल गरे।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal