भक्तपुर विजयी

Kelmi

  • नेप्लेज
  • |
  • २०८१-०२-१२
  • |
  • 369 पटक हेरिएको

काठमाडौँ। भक्तपुर क्रिकेट एक्सिलेन्ट सेन्टरले एनसीसीएस महिला तथा पुरुष टी२० क्रिकेट प्रतियोगितामा विजयी शुरूआत गरेको छ।

‌शनिबार सम्पन्न खेलमा भक्तपुरले ओएसिस क्रिकेट एकेडेमीलाई ८ विकेटले पराजित गरेमो हो।

ओएसिसले दिएको ९८ रनको लक्ष्य भक्तपुरले १३.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

भक्तपुरका रोशन साउदले सर्वाधिक २७ रन बनाए। विपिन आचार्यले २६ र दिनेश सुवेदीले २३ रन बनाए।

ओएसिसका समर्पण अधिकारी र शंकर रानाले १/१ विकेट लिए।

त्यसअघि मूलपानी क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको ओएसिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन बनायो। 

ओएसिसका आशिष भट्टराईले सर्वाधिक ५१ रन बनाए। निश्चल श्रेष्ठले १२ रन बनाए।

भक्तपुरका अविनाश बस्यालले सर्वाधिक ३ विकेट लिए। भुपेन्द्र चन्द र स्वरुप श्रेष्ठले २/२ विकेट लिए।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey