भारोत्तोलन टोली थाइल्यान्ड जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-२१
  • |
  • 1033 पटक हेरिएको

आईडब्लुएफ वल्र्ड कपमा सहभागी हुन १ खेलाडीसहित ३ सदस्यीय नेपाली भारोत्तोलन टोली आइतबार थाइल्यान्डको फुकेट प्रस्थान गर्ने भएको छ।

पुरुष १०९ केजीमाथि सागर भण्डारीले प्रतियोगिताको अन्तिम दिन अप्रिल ११ तारिखमा प्रतिस्पर्धा गर्ने नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठले जनाएका छन्। प्रतियोगिता मार्च ३१ तारिखदेखि सुरु भइसकेको छ।

प्रशिक्षकमा जीवन गौतम तथा व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन्। टोलीलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतले एक कार्यक्रमबीच बुधबार बिदाइ गरे।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey