मण्डिखाटार फस्ट एमेच्योर टेनिस: ३५ वर्ष माथिको डबल्समा सेमिफाइनलिस्ट तय

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-२१
  • |
  • 532 पटक हेरिएको

मण्डिखाटार फस्ट एमेच्योर टेनिस प्रतियोगितामा ३५ वर्ष उमेर समूहको डबल्समा देव क्षेत्री र दीप जंगबहादुर राणाको जोडी सेमिफाइनलमा प्रवेश गरेको छ ।

मण्डिखाटार टेनिस कोर्टमा बुधबार भएको प्रतिस्पर्धामा देव र दीपको जोडीले राजेन्द्र भट्ट र नवाङ लामाको जोडीलाई ६-१, ६-१ को स्कोरमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । 

त्यस्तै, निमा लामा र विभु कायस्थको जोडीले राजु श्रेष्ठ र डिगेन्द्र श्रेष्ठको जोडीलाई पराजित गर्दै अन्तिम चारमा स्थान प्रवेश पन्त र ब्रिजेश लाकोल तथा सिमान्त गुरुङ र भीष्म गुरुङले पनि अन्तिम चारमा स्थान पक्का गरे । 

५५ वर्ष माथिको सिंगल्समा विमलकुमार गुरुङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनले ऋषिराम पण्डीतलाई ६-१ र ६-४ को सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरे । यसैगरी सिंगल्सतर्फ मनोज बिक्रम शाहले सुशील पाण्डेलाई ६-१ र ६-१ को सेटमा स्तब्ध बनाउँदै अन्तिम ८ को यात्रा तय गरेका थिए । यही समूह अन्तर्गत निरञ्जन श्रेष्ठले वकाओभर पाउँदै क्वाटरफाइनलको स्थान पक्का गरेका थिए । त्यस्तै विनोद कायस्थले बाबु कुमार कार्कीलाई ६-१, ६-१ को सेटमा पराजित गर्दै क्वाटरफाइनलमा स्थान पक्का गरे ।

त्यस्तै, ४५ वर्ष माथिको सिंगल्समा महेश श्रेष्ठ वाकओभर पाउँदै अन्तिम ८ मा पुग्दा सञ्जिव कुमार श्रेष्ठले मेघेन्द्र प्रकाश गिरीलाई ७-५, २-६ र १०-३ को स्कोरमा पराजित गरेर अन्तिम आठमा स्थान बनाएका हुन् । त्यसैगरी यो उमेर समूहको सिंगल्समा प्रदीप शाहले महादेव भण्डारीलाई पराजित गर्दा यज्ञबहादुर भण्डारीले हेमराज ढकालको अगाडिको यात्रामा पूर्णविराम लगाए । त्यस्तै ४५ वर्षकै सिंगल्समा आशिष सिग्देल, युवराज थापा, गोपी भट्टराई, सूर्य गिरीले अन्तिम ८ को यात्रा तय गरेका छन् ।

४५ बर्ष माथिको डबल्समा निमा लामा र आशिष सिंग्देलले अन्तिम ८ मा स्थान बनाएका छन् । उनीहरुले राजु गुरुङ र महेश स्वारलाई ६-१ र ६-२ को स्कोरमा पराजित गरेका थिए ।

अन्डर ३५ वर्ष उमेर समुहमा प्रथम हुने एकल विजेताले २५ हजार,दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार परस्कार पाउने छन् । अन्डर ४५ वर्ष उमेर समुहतर्फ प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार, अन्डर ५५ वर्ष उमेर समुहमा पनि प्रथम हुनेले २० हजार, दोस्रो हुनेले १० हजार र तेस्रो हुनेले ५ हजार पाउने छन् । 

यस्तै, ३५ वर्ष उमेर समुहको डबल्समा प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० र तेस्रोलाई १० हजार रुपैयाँको पुरस्कार व्यवस्था गरिएको  मण्डिखाटार टेनिस क्लबका अध्यक्ष नवराज कुँवरले जानकारी दिए ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey