भारत भ्रमणमा रहेको नेपाली टोलीले गुजरातको टिमसँग खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१२-२१
  • |
  • 333 पटक हेरिएको

काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज(बुधबार) गुजरात क्रिकेट एसोसिएसनको टिमसँग खेल्दैछ।

खेल भारतको गुजरातमा नेपाली समय अनुसार दिउँसो पौने ३ मा सुरु हुनेछ।

यस खेलमा जित निकाल्दै नेपाल एक खेल अगाबै फाइनल प्रवेशको लक्ष्यमा रहेको छ।

गुजरातको टोलीमा रन्जी ट्रफी, विजयहजारे ट्रफी लगायतका भारतका चर्चित घरेलु खेलमा सहभागी खेलाडी रहेका छन्।

बरोडा, गुजरात र नेपाल सम्मिलित फ्रेन्डसिप कपका लागि नेपाल भारतको गुजरातमा रहेको छ। पहिलो खेलमा आइतबार नेपालको गुजरात क्रिकेट एसोसिएसनको टोलीलाई पराजित गरेको थियो।

शुक्रबार बरोडासँग खेल्दै नेपाल कपको समूह चरणका खेल सकाउने छ। समूह चरणमा शीर्ष दुईमा रहने टोलीका बीचमा फाइनल खेल हुनेछ। चैत २५ मा कपको फाइनल खेल रहेको छ।

यस प्रतियोगितामा सहभागी हुन नेपाली टोली बिहीबार त्यसतर्फ गएको थियो। यस खेललाई एसीसी प्रिमियर कपको तयारीका स्वरुप हेरिएको छ। एसीसी प्रिमियर कप १२ अप्रिल देखि २१ अप्रिलसम्म ओमानमा आयोजना हुदैछ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey