कोपा इटालिया : सेमिफाइनलमा युभेन्टस विजयी
- एजेन्सी
- |
- २०८०-१२-२१
- |
- 284 पटक हेरिएको
कोपा इटालिया अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा युभेन्टस विजयी भएको छ ।
मंगलबार राति भएको खेलमा युभेन्टसले लाजियोलाई २–० गोल अन्तरले पराजित गरेको हो ।
युभेन्टसले घरेलु मैदानमा जित निकाल्दा फेडरिको चिएसा र डुवान भालोभिकले एक एक गोल गरेका थिए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
५० औं मिनेटमा चिएसाले एन्ड्रिया कामवेसोको पासमा गोल गर्दै अग्रता दिलाएका थिए ।
६४ औं मिनेटमा वेस्टन म्याकेनीको पासमा भालोभिकले गोल गरेपछि युभेन्टसले अग्रता दोब्बर बनायो ।
अब दोस्रो लेग २४ तारिखमा हुने छ । उक्त लेगमा बराबरी वा १–० ले पराजित हुँदा पनि युभेन्टस फाइनल पुग्ने छ ।