एपिएफलाई झापा गोल्डकपद्वारा ११ हजार जरिवाना

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२२
  • |
  • 244 पटक हेरिएको

काठमाडौँ । विभागिय टोली एपिएफ फुटबल क्लबलाई झापा गोल्डकपले कारबाही गरेको छ। 

सोमबार सम्पन्न सर्लाहीको बागमती युथ क्लबको खेलमा जर्सी तथा जर्सीको रङमा नियम उल्लघंन गरेको भन्दै कारबाही स्वरुप ११ हजार जरिवान गरेको हो। उक्त खेलमा एपिएफले जर्सी नम्बर नभएपछि टेप लगाएर खेलाडी उतारेको थियो। 

आयोजकले मंगलबार विज्ञप्ती जारी गर्दै झापा गोल्डकप २०८० नियमावलीको दफा १० को प्रावधानको उल्लघंन गरेको जनाएको आयोजकले हो।

यस्तै आयोजकले आगामी खेलमा यस किसिमको गल्लतीहरु नदोहोर्याउन आयोजकले लिखित प्रतिबद्धता एपिएफ फुटबल क्लबसँग माग गरेको छ। 

त्यस खेलमा बागमतीलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै एपिएफ सेमिफाइनल पुगेको थियो।

No description available.

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey