कप्तान रोहित २५ रनमा आउट

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-११-२२
  • |
  • 163 पटक हेरिएको

काठमाडौँ ।  नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिररिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले दोस्रो विकेट गुमाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले कप्तान रोहित कुमार पौडेललाई २५ रनमा गुमाएको हो। उनी ९.२ ओभरमा आउट भए। रोहितले १९ बलमा ३ छक्का र १ चौका प्रहार गरे। 

नेपालले यतिबेला २ विकेट गुमाएर ८२ रन बनाएको छ। ओपनर आसिफ शेख ३५ रनमा अविजित छन्।

यसअघि नेपालले ओपनर कुशल भुर्तेललाई २० रनमा गुमाएको छ। 

कुशल ३.३ ओभरमा २० रनमा आउट भए। उनले १० बलमा २ छक्का र १ चौका प्रहार गरेका थिए। 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey