मेलाैलीले जित्याे बैतडीको रनिङ शिल्डकाे उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२९
  • |
  • 460 पटक हेरिएको

 बैतडीको मेलौलीमा सम्पन्न १४ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड मेलाैली नगरपालिकाले जितेको छ।

१४ स्वर्ण, ६ रजत र ४ कास्य प्राप्त गर्दै मेलाैलीले उपाधि जितेकाे बैतडी जिल्ला खेलकुद समिति कार्यालय प्रमुख तर्कराज जाेशीले जानकारी दिनुभयो । मेलाैलीले शिल्ड जितेकाे याे दाेस्राेपटक हाे। गत वर्ष पनि मेलौली उक्त प्रतियोगिताको उपाधी जितेको थियो ।  यस्तै ६ स्वर्ण, ३ रजत र ६ कास्य हात पार्दै पुर्चाैडी नगरपालिका दाेस्राे भएकाे छ ।

तृतीय स्थान हासिल गरेको दोगडाकेदार गाउपालिकाले ६ स्वर्ण, ३ रजत र ५ कास्य प्राप्त गरेको छ पाटन नगरपालिकाले ५ स्वर्ण ९ रजत र १ कास्य प्राप्त गरेको छ । सिगास गाउँपालिकाले ५ स्वर्ण १ रजत १ कास्य प्राप्त गरेको छ । शिवनाथ गाउँपालिकाले २ स्वर्ण, २ रजत र २ कास्य प्राप्त गरेको छ ।

दनपाले स्वर्ण २, १३रजत र १२ कास्य प्राप्त गरेको छ । डिलासैनी गाउँपालिकाले १ स्वर्ण, ५ रजत र ८ कास्य प्राप्त गरेको छ । सुर्नया गाउँपालिकाले १ स्वर्ण र ४ कास्य प्राप्त गरेको छ । पन्चेश्वर गाउँपालिका पदक बिहिन बनेको छ । उपाधि लगायत अन्य विजेता खेलाडीहरूलाई पुर्व प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्ट,पाटन नगरपालिकाका प्रमुख गाैरी सिंह रावल,मेलाैली नगरपालिकाका प्रमुख भिमबहादुर चन्द,शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउद, बैतडी जिल्ला खेलकुद समिति अध्यक्ष चमनकुमार भण्डारीलगायतले पुरूस्कार वितरण गरे।

बैतडी जिल्ला खेलकुद समितिकाे आयाेजना र मेलाैली नगरपालिकाकाे सहआयाेजनामा मेलौलीको भगवती मन्दिर प्राङ्गणमा माघ २६ गतेदेखी रनिङ शिल्ड शुरू भएकाे थियाे। प्रतियोगितामा जिल्लाका दशवटै स्थानीय तहकाे सहभागीता रहेकाे थियाे। 

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey