जन्मभूमिले जित्यो प्रयासनगर फुटसलको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२९
  • |
  • 349 पटक हेरिएको

प्रयासनगर फुटसल प्रतियोगिताको उपाधि लियो क्लब अफ काठमाडौं जन्मभूमिले जितेको छ । 

काठमाडौंको ज्ञानेश्वरस्थित मिड भ्याली कलेजको मैदानमा भएको फाइनलमा  लियो क्लब अफ काठमाडौं आयामलाई पेनाल्टीमा १ गोलले पराजित गर्दै जन्मभूमि क्लबले उपाधि जितेको हो । 

आयोजककाअनुसार निर्धारित समयमा २–२ गोलको बराबरी भएको खेलमा पेनाल्टीमा जन्मभूमिले ३ र आयामले २ गोल गरेको थियो । विजेता जन्मभूमिले १५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेता क्लब आयामले ८ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र पायो । 

दुई दिन (माघ २७ र २८ गते)सम्म चलेको प्रतियोगितामा क्लब आयामका मिलन बरुवाल उत्कृष्ट खेलाडी भए । उनले २५ सय नगद र विभिन्न उपहार प्राप्त गरे । क्लब जन्मभूमिका मनोज नेपाली उत्कृष्ट गोलकिपरबाट पुरस्कृत हुँदै २५ सय नगद र उपहारहरु पाए । सेमिफाइनलमा पुगेको लियो क्लब अफ काठमाडौं छाब्दीबाराहीका अनिल आचार्य सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । प्रतियोगिताभर १० गोल गरेका आचार्यले २५ सय नगद पुरस्कार र उपहारहरु प्राप्त गरे । 

लियो क्लबहरुबीच फुटसल आयोजना गरेको लियो क्लब अफ प्रयासनगरका सचिव नवीन बस्नेतकाअनुसार १७ टिम सहभागी प्रतियोगितामा जन्मभूमि, आयाम र छाब्दीबाराहीसहित लियो क्लब अफ काठमाडौं विशालबजार र लियो क्लब अफ काठमाडौं दरबारमार्ग पनि सेमिफाइनलमा पुगेका थिए ।

नेपाल क्रिकेट संघका सचिव पारस खड्काले उद्घाटन गरेको प्रतियोगितामार्फत सामाजिक कार्यबाट माथि उठेर भाइचारा सम्बन्ध बढाउने र अपाङ्गता भएका व्यक्तिहरूलाई प्रशिक्षण सीपका लागि सहयोग गर्न खोजिएको प्रयासनगरका अध्यक्ष विराट केसीले बताए । 

युवाहरुबीच भएको प्रतियोगितालाई मिड भ्याली इन्टरनेशनल कलेज, खल्ती एप, किबु इनर्जी ड्रिंक, हाइ फ्युचर, सचित डायनामिक योगा, नाट एभियसन एकेडेमी, फायर एण्ड रेस्क्यु एकेडेमी, ग्रिनसिटी हस्पिटलले प्रायोजन गरेका थिए । 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey