बक्सिङ टोली भारत जाने

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-१०-२९
  • |
  • 319 पटक हेरिएको

इटालीको मिलानमा हुने बक्सिङको ओलम्पिक छनोटको तयारीका लागि २ खेलाडीसहित ३ सदस्यीय बक्सिङ टोली मंगलबार भारतको हरियाणा जाने भएको छ । ओलम्पिक छनोट फेब्रुअरी २९ देखि मार्च ११ तारिखसम्म हुनेछ ।

हरियाणाको रोहतकस्थित राजीव गान्धी स्पोर्ट्स कम्प्लेक्समा हुने प्रशिक्षणमा पुरुषमा चन्द्रबहादुर थापा र महिलामा अन्जली तेली सहभागी हुने छन् । प्रशिक्षकमा पूर्णबहादुर लामा छन् ।

भारतमा टोली दुई साता प्रशिक्षणमा रहने नेपाल बक्सिङ संघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey