भारत र अष्ट्रेलियाबीचको टी–२० सिरिजको चौथो खेल आज

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०८-१५
  • |
  • 338 पटक हेरिएको

आयोजक भारत र अष्ट्रेलियाबीचको टी–२० सिरिजको चौथो खेल आज रायपुरस्थित शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय रंगशालामा हुँदैछ । खेल साँझ सवा सात बजे सुरु हुनेछ । टस साँझ पैने सात बजे हुनेछ ।

पाँच खेलको सिरिजमा भारत २–१ ले अगाडि छ । यदि भारतीय टोलीले यो खेल जित्यो भने सिरिज जित्नुका साथै विश्व कीर्तिमान पनि बनाउनेछ । भारतीय टोलीले पाकिस्तानलाई पछि पार्दै सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने टोली बन्नेछ ।
भारतले अहिलेसम्म २११ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये १३५ जितेको छ । उसले ६६ खेलमा हार बेहोरेको छ, ४ खेल बराबरी र ६ खेल निष्कर्षविहीन छन् । जहाँ पाकिस्तानले २२६ टी–२० अन्तर्राष्ट्रिय खेलमध्ये १३५ जितेको छ । उसले ८२ हार बेहोरेको छ भने ३ खेल बराबरीमा परेका छन् । पाकिस्तानका ६ खेल भने निष्कर्षविहीन भएका छन् । अर्को जितसँगै भारतीय टोलीले पाकिस्तानलाई उछिनेको छ ।

सूर्यकुमार यादव टी-२० अन्तर्राष्ट्रिय दुई हजार रन पूरा गर्न मात्र २१ रन टाढा छन्। यस्तो गर्ने उनी चौथो भारतीय बन्नेछन् ।

भारतले नोभेम्बर २३ मा विशाखापट्टनममा भएको पहिलो खेलमा अष्ट्रेलियालाई दुई विकेटले र २६ नोभेम्बरमा दोस्रो खेलमा ४४ रनले पराजित गरेको थियो। तेस्रो खेलमा भारतीय टोली ५ विकेटले पराजित भएको थियो । आयोजक भारत र कंगारु टोलीबीच टी–२० ढाँचामा हालसम्म १० वटा सिरिज खेलिएको छ । जसमध्ये भारतले पाँच जित्यो भने अष्ट्रेलियाले दुई जित्यो।

टीम इन्डियाका फास्ट बलर मुकेश कुमारले आफ्नो विवाहका कारण तेस्रो खेलबाट बिदा लिएका छन् । जो यो खेल अघि टोलीमा सामेल भएका थिए, र आजको खेलको लागि उपलब्ध हुनेछन्। अस्ट्रेलियाको एकदिवसीय विश्वकप विजेता टोलीमा रहेका स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, एडम जाम्पा, जोस इन्ग्लिस र शान एबोट अस्ट्रेलिया फर्किएका छन्। यी ६ खेलाडीले आगामी दुई खेल खेल्ने छैनन् ।

शहीद वीर नारायण सिंह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एउटा पनि टी–२० अन्तर्राष्ट्रिय खेल भएको छैन । यहाँको पिच स्पिनरका लागि उपयोगी साबित हुन सक्छ। ब्याट्सम्यानले यहाँ केही कठिनाइको सामना गर्नुपर्नेछ।

सम्भावित प्लेइङ–११ दुवै टोली
भारतः सूर्यकुमार यादव (कप्तान), यशस्वि जैसवाल, ऋतुराज गायकवाड, इशान किशन (विकेटकिपर), तिलक वर्मा, रिंकु सिंह, अक्षर पटेल, रवि बिश्नोई, अर्शदीप सिंह, प्रसिद्ध कृष्ण र आवेश खान।
अष्ट्रेलियास् म्याथ्यू वेड (कप्तान/विकेटकिपर), ट्राभिस हेड, आरोन हार्डी, म्याथ्यू शर्ट, बेन म्याकडरमोट, टिम डेभिड, क्रिस ग्रीन, बेन द्वारशुइस, नाथन एलिस, जेसन बेहरेनडोर्फ, तनवीर सांघा।

 

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey