एनएसएलमा धनगढीको लगातार दोस्रो जित, ओलावालेको गोल निर्णायक
- नेप्लेज
- |
- २०८०-०८-१४
- |
- 564 पटक हेरिएको
नेपाल सुपर लिग एनएसएलमा धनगढी एफसीले लगातार दोस्रो जित दर्ता गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विहीबार भएको खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
निर्धारितसमयपछि थप भएको अतिरिक्त समयको अन्तिमसमयमा धनगढीले निर्णायक गोल गर्न सफल भयो ।
धनगढीका वैकल्पिक खेलाडी अफिल ओलावालेले गोल गरेका थिए । उनले अहमद हिजाजीले दिएको पासमा उत्कृष्ट गोल गरेका थिए ।
वुटबलका स्टेफन समिर वियोङले अघि बढाएको बलललाई धनगढीका डिफेन्डरले विफल गरेका थिए ।
३५ औं मिनेटमा बुटवलका एरिक विष्टले कर्नर प्रहारमा जिलेस्पीजंग कार्कीले हेड गरे पनि धनगढीका अविशेष गुरुले गोललाइनटबाट क्लियर गरे ।
जितसँगै धनगढी ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ । बुटवलको भने यो लगातार दोस्रो हार हो ।