दिप्सन र श्रृष्टिलाई स्वर्ण

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०८-१४
  • |
  • 394 पटक हेरिएको

गोदावरी इन्टरनेसनल तेक्वान्दोका दिप्सन महर्जन र न्युजेनकी श्रृष्टि स्याङबोले दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । एकल पुम्सेको यु–१२ पुरुषमा दिप्सन तथा महिलामा श्रृष्टि पहिलो भएका  हुन् ।

पुरुषमा गोदावरीका निरब महर्जन दोश्रो तथा न्युजेनका आरभचन्द ठकुरी र सुप्रिम शिव बाबाका थुप्तेन योञ्जन तेश्रो भए । महिलामा गोदावरीका एरिन महर्जन दोश्रो तथा युमी पाख्रिन र प्रकृति प्रजा तेश्रो स्थानमा रहे ।

नेपल तेक्वान्दो संघद्वारा आयोजित प्रतियोगिताको पेयर पुम्सेको यु–१२ मा न्युजेनका श्रष्टि स्याङबो र आरभचन्द्र ठकुरी पहिलो भए । टिम पुम्सेका यु–१२ मा गोदावरीका दिप्सन महर्जन, निरब महर्जन र आयुध शाहीले शीर्ष स्थान हात पारे । सो स्पर्धाको महिलामा गोदावरीका युमि पाख्रिन र एरिन महर्जनले स्वर्ण जिते ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा पुम्से र ग्यरोगीमा जम्मा ७२ स्वर्णका लागि करिब ६५० खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । सातदोबाटोस्थित तेक्वान्दो हलमा भइरहेको प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey