पोखरामा १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरामा सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०८-१४
  • |
  • 335 पटक हेरिएको

पोखरा । १६ औं हिसान कास्की स्पोर्टस मिट पोखरा रंगशालामा बिहिबारबाट सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल ९हिसान० कास्कीको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।

यहि मसिर १७ गते सम्म्म सञ्चालन हुने १६ औ संस्करणको हिसान स्पोर्टस मिटको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा।डा। गणेशमान गुरुङले स्वास्थ्य नागरिक उत्पादनका लागि शिक्षा संगै खेलकुदको महत्वपूर्ण भूमिका हुने बताए । पछिल्लो समयमा खेलकुदका गतिविधि बढे संगै विश्वविद्यालयले खेलकुद अध्ययन अध्यापनका लागि स्नातक तहमा खेलकुद विषयलाई प्राथमिकतामा राखेर अघि बढाएको उनले उल्लेख गरे ।

सो अवसरमा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोज कुमार गुरुङले सामाजिक विकास र रुपान्तरणका लागि खेलकुदको विकास अपरिहार्य रहने बताउँदै विद्यालयस्तरका खेलकुदले नै खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने बताए ।

हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा जिल्ला शिक्षा समन्वय समिति कास्कीका प्रमुख लोकनाथ आचार्य, १६ औं हिसान स्पोर्टस मिटका संयोजक डा।रामजी शर्माले शिक्षा संगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्टस मिटलाई निरन्तरता दिंदै आएको बताए ।

उद्घाटन कार्यक्रममा हिसान कास्कीले विभिन्न समयमा आयोजना गरेको अतिरिक्त कृयाकलापमा बिजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विद्यार्थीहरुले सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।

बिहिबार भएको बास्केटबल उद्घाटन खेलमा हिल पोइन्टले सोसल पव्लिक स्कुललाई २७–११ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा गोर्खा वोर्डिङ स्कुलले ज्योती कुञ्जलाई ११–८ ले, बालकल्याणले डायमण्डलाई ५३–१० ले, सिर्जनाले पोखरा युनाइटेडलाई ३७–१२ ले, माउन्ट अन्नपूर्णले स्पाइरल ग्यालेक्सीलाई ६४–०५ ले र भास्करले वेलननलाई २४–१८ ले पराजित गरेको छ । त्यस्तै अन्य खेलमा पश्चिमाञ्चल, कास्की मोर्डनाइज्ड, सगरमाथा, टप्स, शिसुनिकेतन मावीले समेत आ–आफ्ना खेल जितेका छन् ।

त्यस्तै आजनै सम्पन्न छात्रा भलिबल प्लस टुतर्फ ८ खेल सम्पन्न भएका छन् । पहिलो चरणका खेलमा पोखरा आदर्श, केफ, कास्की मोर्डनाइज, प्रतिभा मावी, मदर ल्याण्ड, ज्ञानसागर, पश्चिमाञ्चल र टप्स माविले विजयी सुरुवात गरेका छन् । छात्रतर्फ ७ खेल सम्पन्न भए । जसमा केफ, सोसल पव्लिक स्कुल, सगरमाथा, पश्चिमाञ्चल, सिर्जना, पोखरा आदर्श र गुरुकुललले आ–आफ्नो खेलमा विजयी भए । आज नै प्लस टु छात्र–छात्रातर्फका व्याडमिन्टन र टेवुल टेनिसका पहिलो चरणका खेलहरु जारी रहेको व्याडमिन्टन प्रतियोगिताका सांयोजक पुरन कुंवरले जानकारी दिए

स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुनेछन् । प्रतियोगितामा मावीतह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने हिसान कास्कीका अध्यक्ष रोक्काले जानकारी दिए ।

त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ २८ विद्यालयका करिव ३ सय छात्र–छात्रा सिंगल्स र डवल्समा प्रतिस्पर्धा गर्नेछन भने व्याडमिन्टन छात्र–छात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीहरुको सहभागिता रहेकोे छ । विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले सहभागिता जनाएका छन् ।

भर्खरै

Advertisement

Dish_Home

Advertisement

nepalipatro
Nepal Cricket Jersey