विश्वकप छनोटः घरेलु मैदानमा भारत कतारसँग पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०८-०५
  • |
  • 1122 पटक हेरिएको

फिफा विश्वकप एसिया छनोटको दोस्रो चरणको खेलमा भारत विश्वकप खेलिसकेको टोली कतारसँग पराजित भएको छ । 

मंगलबार भारतको भुवनेश्वरको कालिंगा रंगशालामा समुह ए अन्तर्गत भएको खेलमा घरेलु टोली भारत कतारसँग ३–० गोलले पराजित भएको हो । कतारलाई जित दिलाउन मोस्ताफा मेशाल, अल्मोज अलि र युशुफ अब्दुरिसागले एक एक गोल गरे । 

खेलको चौथो मिनेटमा मोस्ताफा मेशालले गोल गर्दै कतारलाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा एक गोल गरेको कतारले दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गर्यो । खेलको ४७ औं मिनेटमा अलोमोज अलिले अग्रता दोब्बर बनाए । कतारका लागि तेस्रो गोल युशुफले खेलको ८६ औं मिनेटमा गरे । 

जितसँगै कतार ६ अंकका साथ पहिलो स्थानमा रहदा भारत तीन अंकका साथ समुहको दोस्रो स्थानमा रहेको छ । कतारले पहिलो खेलमा अफगानिस्तालाई ८–१ गोल तथा भारतले कुवेतलाई १–० गोलले पराजित गरेको थियो । 

भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal