यमनविरुद्ध नेपाल एक गोलले पछाडी

-
नेप्लेज
- |
- २०८०-०८-०५
- |
- 289 पटक हेरिएको
सन् २०२६ को फिफा विश्वकपको दोस्रो चरणको छनोटमा नेपाल यमनसँग एक गोलले पछाडी परेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा एसियाको समुह एच को जारी खेलमा नेपालले ७२ औं मिनेटमा गोल खान पुग्यो ।
खेलको ७२ औं मिनेटमा उमर अल दाहीले गोल गर्दै यमनलाई अग्रता दिलाए । उनले बक्स बाहिरबाट गरेको सशक्त प्रहारमा नेपाली गोलरक्षकले कही गर्न सकेनन् ।
यसअघि ५० औं मिनेटमा यमनको खेलाडी ओमार अब्दुल्लाह अल दाहीको प्रहार नेपाली गोलरक्षक किरण कुमार लिम्बुले विफल पारे ।
त्यस्तै ६१ औं मिनेटमा नेपालका हिसुब थपलियाले वान भर्सेस वानमा गोल गर्न चुके । त्यसलगत्तै पाएको फ्रिकिकमा नेपाल गोल गर्न चुक्यो । एरिक विष्टको फ्रिकिकमा अन्जन विष्टको प्रहार गोलपोष्ट नजिकैबाट बाहिरियो ।
यमनले ६५ औं अल खादिर सलिम अल डोउले गरेको ओमानका लागि गरेको गोललाई रेफ्रिले अफसाइड दिएका थिए ।
फिफा र्याङकिङमा यमन १५६ औं स्थानमा छ भने नेपाल १७३ औं स्थानमा रहेको छ ।
नेपालले यसअघि भएको विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएईसँग ४–० गोलले पराजित हुँदा यमन बहराइनसँग २–० गोलले पराजित भएको थियो ।