यमन र नेपालविरुद्धको पहिलो हाफ गोलरहित बराबरी
- नेप्लेज
- |
- २०८०-०८-०५
- |
- 416 पटक हेरिएको
सन् २०२६ को फिफा विश्वकपको दोस्रो चरणको छनोटमा नेपालले यमनलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा एसियाको समुह एच को जारी खेलमा नेपालले पाएको केही मौकामा चुक्दा अग्रताको अवसर गुमाएको थियो । त्यस्तै यमनले पनि नेपालविरुद्ध गोलका अवसरमा चुकेको थियो ।
फिफा र्याङकिङमा यमन १५६ औं स्थानमा छ भने नेपाल १७३ औं स्थानमा रहेको छ ।
नेपालले यसअघि भएको विश्वकप छनोटको दोस्रो चरणको पहिलो खेलमा युएईसँग ४–० गोलले पराजित हुँदा यमन बहराइनसँग २–० गोलले पराजित भएको थियो ।