यु–१९ विश्वकप श्रीलंका निलम्बनमा परेसँगै दक्षिण अफ्रिका हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०८-०५
  • |
  • 817 पटक हेरिएको

आईसीसी बोर्डले जनवरीमा हुने आईसीसी पुरुष यू–१९ क्रिकेट विश्वकप २०२४ को १५ औं संस्करणको लागि नयाँ आयोजक राष्ट्रको नाम घोषणा गरेको छ।

आगामी जनवरीमा हुने आईसीसी पुरुष यू–१९ क्रिकेट विश्वकप अब दक्षिण अफ्रिकामा आयोजना हुने आईसीसी बोर्डको आजको बैठकले घोषणा गरेको छ । यसअघि विश्वकप  श्रीलंकामा हुनेमा भनिएको थियो 

श्रीलंका क्रिकेट (एसएलसी) लाई हालै आईसीसीले सदस्यको रूपमा आफ्नो दायित्व उल्लङ्घन गरेकोमा निलम्बन गरेको कारणले यु–१९ विश्वकप दक्षिण अफ्रिका गर्ने निर्णय आइसीसीले गरेको हो । 

आइसीसी बोर्ड बैठकपछि श्रीलंकाले द्विपक्षीय क्रिकेट र आईसीसी प्रतियोगितामा अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न पाउने तर एसएलसीलाई दिने रकम आइसीसीको नियन्त्रणमा रहने र यू–१९ प्रतियोगिता अर्को देशमा सारिएको हो । 

 

भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal