यमनविरुद्ध नेपालको तीन परिवर्तन
- नेप्लेज
- |
- २०८०-०८-०५
- |
- 485 पटक हेरिएको
विश्वकप छनोटको दोस्रो चरण अन्तर्गत यमनविरुद्धको खेलका लागि घरेलु टोली नेपालले प्लेइङ ११ मा ३ खेलाडी परिवर्तन गरेको छ ।
युएईसँगको इमिरेट्समा भएको खेलमा चोटका कारण गुमाएका दुई खेलाडी डिफेन्डर अनन्त तामाङ र दिनेश हेन्जनले सुरुवाती ११ मा स्थान बनाउँदा ऐरिक विष्टले पनि सुरुवाती ११ मा स्थान बनाएका छन् ।
नेपालका मनिष डाँगी र आयुष घलानलाई भने प्रशिक्षकले बेञ्चमा नै राखेका छन् । खेल ७ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुने छ ।
नेपालको प्लेइङ ११
किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, आशिष चौधरी, ऐरिक विष्ट, उत्सव राई, दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पी जंग कार्की र सेसेहाङ आङ्दाम्बे