एसियाली खेलकुदः आठ सय मिटरको हिट चरणमा फुलमति छैटौं

Kelmi

file photo

  • नेप्लेज
  • |
  • २०८०-०६-१६
  • |
  • 475 पटक हेरिएको

चीनमा जारी १९ औं एसियाली खेलकुदको एथ्लेटिक्सतर्फको ८ सय मिटर महिलाको दौडमा नेपाली धाविका फुलमति राना छैटौं भएकी छिन् ।

सात खेलाडी सहभागी रहेको आठ सय मिटरको हिट चरणको दोस्रो समुहमा रहेकी फुलमतिले निर्धारित दुरी पार गर्न २ मिनेट २२ दशमलव ५९ सेकेण्ड लगाएकी थिइन् ।

उक्त समुहमा भारतकी हर्मिलान वैश दुई मिनेट ०६.६२ सेकेण्डका साथ पहिलो र बहराइनकी मार्टा हिरपाटो योटा दुई मिनेट ०६.८५ सेकेण्डका साथ दोस्रो हुँदै अर्को चरणका लागि छनोट भएका छन् । 

पाकिस्तानकी राबिला फारुक भने डिस क्वालिफाइ भएकी थिइन् । 

भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal