एसियाली खेलकुदः भारत र नेपालबीचको खेलमा खेलाडीले कति पाउँछन् टीम इलाभेनबाट

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०६-१६
  • |
  • 30834 पटक हेरिएको

चीनमा जारी एसिया कप अन्तर्गतको पुरुष क्रिकेटमा टीम इलाभेनले घोषणा गरे अनुसार नेपाली खेलाडीले कति पुरस्कार पाउनेछन् ? 

एसियाकपमा भारतविरुद्धको खेलमा अर्ना वियरले घोषणा गरे अनुसारको पुरस्कार नेपाली खेलाडीलाई दिइसकेको छ । 

यस्तैमा टीम इलाभेनले पनि एसियन गेम्सको क्वाटरफाइनलमा भारतविरुद्धको खेलमा पुरस्कारको घोषणा गरेको थियो । टीम इलाभेनले ब्याटिङतर्फ प्रति चौका दश हजार, प्रति छक्का बीस हजार, अर्धसतक बापत एक लाख र शतक बापत पाँच लाखको घोषणा गरेको थियो । 

जस अनुसार कुशल भुर्तेलले चार चौका र एक छक्कासहित ६० हजार पाउनेछन् । आशिफ शेखले समान एक चौका र एक छक्काका साथ ३० हजार पाउँदा कुशल मल्लले समान दुई दुई चौका र छक्का प्रहार गर्दै ६० हजार पाउनेछन् । दिपेन्द्रले ८० हजार, सन्दिप जोराले ७० हजार, सोमपाल कामीले २०, सन्दिप लामिछाने र गुल्शन झाले समान १०–१० हजार पाउँद करण केसीले ५० हजार पाउने छन् । 

यो त भयो ब्याटिङ तर्फ । अब बलिङ तर्फ । टीन इलाभेनले एक विकेट लिए बापत २० हजार ह्याट्रिकको २लाख ५१ हजार र ४ विकेटको हाउलको तीन लाख
घोषणा गरेको थियो ।

घोषणा अुनसार नेपाली दिपेन्द्रले ४० हजार पाउँदा सोमपाल र सन्दिप लामिछानेले समान २०–२० हजार पाउनेछन् । 

समग्रमा सोमपालले ६० हजार, सन्दिपले तीस हजार र दिपेन्द्रले एक लाख २० हजार पाउनेछन् ।  



भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal