पुलिस र खुमलटार तथा थ्रीस्टार र शेर्पा भिड्दै


-
नेप्लेज
- |
- २०८०-०२-१२
- |
- 305 पटक हेरिएको
राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज २ वटा खेल हुने भएका छन् ।
आजका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने छन् ।
दिउँसो २ बजे हुने खेलमा नेपाल पुलिस क्लब र एफसी खुमलटार युवा क्लबकाबीचमा प्रतिस्पर्धा हुने छ ।
विभागीय क्लब पुलिस २५ अंकका साथ तालिकाको दशौं स्थानमा रहेको छ भने एफसी खुमलाटार २१ अंकका साथ पुछारमा रहेको छ ।
यसैगरी आजै साँझ ६ बजे हिमालयन शेर्पा र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुने छ ।
थ्रीस्टार छैटौं र शेर्पा आठौं स्थानमा रहेका छन् ।
दुबैको समान २६ अंक रहेको छ ।