काभा भलिबल: फाइनल प्रवेशका लागि नेपालले काजकस्तानसँग खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-१२
  • |
  • 745 पटक हेरिएको

काभा महिला भलिबल च्यालेन्ज कपका सेमिफाइनलमा आज नेपालले काजकस्तानसँग सेमिफाइनल खेल खेल्नेछ । 

समूह चरणको अन्तिम खेलमा भारतसँग पराजित हुँदै उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको नेपालले आज काजकस्तानसँग खेल्न लागेको हो ।

काजकस्तान भने उज्वेकिस्तानलाई पराजित गरेर नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

बुधवारकाे खेलमा नेपालले पहिलो सेटमा १२–२५, दोस्रो सेटमा २४–२६, तेस्रो  सेट २५–२० र चौथो तथा अन्तिम सेटमा नेपालले २५–२१ ले गुमाउँदै भारतसँग पराजित भएर समूह उपविजेता बनेको हो भने समूह बी को खेलमा काजकस्तानले उज्वेकिस्तानलाई २६–२४, २५–१६, २५–११ र २५–१८ ले हराउँदै समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

May be an image of 11 people, people playing voleyball and text

समूह एको उपबिजेता नेपाल र समूह बिको बिजेता काजकस्ताबीचको खेल आज हुन लागेको हो । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । यो खेल साँझ ५ बजे सुरुहुने छ ।

त्यसअघि दिउँसो साढे २ बजे भारत र उज्वेकिस्तानबीच फाइनल प्रवेशका लागि भिडन्त हुने छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey