प्रथम अन्तर विद्यालय टेबल टेनिस प्रतियोगितामा एभरेष्ट र बुढानिलकण्ठ स्कुल फाइनलमा 

Kelmi

  • नेप्लेज
  • |
  • २०८०-०२-११
  • |
  • 343 पटक हेरिएको

विराटनगर । प्रथम अन्तर विद्यालय स्तरीय टेबल टेनिस प्रतियोगीता सुरू भएको छ । मिल्स फार्क क्लबको आयोजनामा विराटनगर १५ रानी मिल्स क्लबमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो । 

उद्घाटन खेलमा जुनियर एकल छात्र र जुनियर एकल छात्रा तर्फका खेलहरू भएको छ । जुनियर छात्र एकल तर्फ विराटनगरको एभरेष्ट स्कुल र बुढानिलकण्ठ स्कुल फाइनलमा पुगेको छ । 

एभरेष्ट स्कुलका सुशान्त मेहताले सगरमाथाका सोनु महतोलाइ ३–१ सेट अन्तरले पराजित  गर्दै एभरेष्ट फाइनलमा पुगेको हो । 

त्यसैगरी बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठले जेसी बाल सदनका रिशित साहलाइ ३–१ सेटले पराजित गर्दै बुढानिलकण्ड फाइनल यात्रा सुरक्षित गरेको छ । 

जुनियर छात्रा तर्फ सेन्ट मेरिज स्कुलको पूर्ण दबदबा रह्यो । सेमिफाइनलमा सेन्ट मेरिजका आर्नवी भट्टराई, स्वीकृति भट्टराई, अपाला साह र बिज्ञता थापा सेमिफाइनल प्रवेश गरेका छन् । शुक्रबार सब–जुनियर छात्र र सब–जुनियर छात्रा सिङल्स तर्फका खेलहरु हुने मिल्स फार्क क्लबका अध्यक्ष धनकुमार लामाले जानकारी दिए । खेलकुद क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विराटनगरका दुई दर्जन विद्यालयबाट सय भन्दा बढी खेलाडी विद्यार्थीहरुको सहभागि रहेको छ । 

प्रतियोगिताको उद्घाटन विराटनगर १६ का वडाअध्यक्ष उद्धब कुमार भुजेलले गरे । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey