न्यूजिल्याण्डविरुद्ध टी-२० मा भारतको कमब्याक

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-१०-१५
  • |
  • 517 पटक हेरिएको

न्यूजिल्याण्डविरुद्धको टी-२० सिरिजमा भारतले कमब्याक गरेको छ । पहिलो टी-२० मा २१ रनले पराजित भएको भारतले आज भएको दोस्रो टी-२ मा ६ विकेटको जित दर्ता गर्दै सिरिजमा कमब्याक गरेको हो । अव उपाधि छिनोफानो अन्तिम टी २० बाट हुने छ ।

टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर जम्मा ९९ रन बनाएको थियो । 

Devon Conway appeals as Suryakumar Yadav goes for a run, India vs New Zealand, 2nd T20I, Lucknow, January 29, 2023

न्यूजिल्याण्डका लागि कप्तान मिचेल सेन्टनरले सर्वाधिक १९ रनको नटआउट पारि खेले । यसैगरी मिचेल ब्रेसवेल र मार्क चाम्पमनले समान १४-१४ रन जोडे । यस्तै फिन एलेन र डेभोन कोनवेको व्याटबाट पनि समान ११-११ रन बन्यो । भारतका अर्सदीप सिंहले २ विकेट लिँदा, हार्दिक पाण्ड्या, वासिंग्टन सुन्दर, युजवेन्द्र चहल र कुलदीप यादवले एक एक विकेट लिए ।

१०० रनको लक्ष्य पछ्याएको भारतले पनि खारब प्रदर्शन गरेको थियो । 

भारतले अन्तिम ओभरको अन्तिम बल बाँकी हुँदा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

Mitchell Santner and Glenn Phillips celebrate a run out, India vs New Zealand, 2nd T20I, Lucknow, January 29, 2023

७० रन बनाउँदा ४ विकेट गुमाएको थियो । ईशान किसन र वासिंग्टन सुन्दर रन आउट हुँदा भारत दबावमा आएको थियो । भारतका लागि इशान किसनले सर्वाधिक १९ रन बनाउँदा वासिंग्टनले १० रन जोडे । यस्तै राहुल त्रिपाठी १३ रन बनाउँदा सुभमन गिल ११ रन बनाएर पभेलियन फर्किए । 

Ishan Kishan was run out, in part by Mitchell Santner, India vs New Zealand, 2nd T20I, Lucknow, January 29, 2023

अन्तिममा सूर्यकुमार यादव र हार्दिक पाण्ड्याले भारतलाई जित दिलाएका थिए । सूर्यकुमार २६ तथा हार्दिक १५ रनमा नटआउट रहे । दुवै टिमले आजको टी-२० मा कुनै पनि छक्का प्रहार गर्न सकेनन् ।

न्यूजिल्याण्डका लागि मिचेल व्रेसवेल र इस सोढीले समान एक एक विकेट लिए । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal