सुष्मालाई शिरिष फाउन्डेशनको सम्मान

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-१०-१५
  • |
  • 436 पटक हेरिएको

शिरिष फाउन्डेशनले नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङलाई सम्मान गरेको छ । 

काठमाडौंमा एक कार्यक्रम गर्दै फाउन्डेशनले उनलाई नगद २५ हजार सहित सम्मान गरेको छ । 

सुष्माले हालै एसियन बक्सिङ कन्फेडरेसनको आयोजनामा थाईल्याण्डको राजधानी बैंककमा यहि जनवरी १६ देखि २७ तारिखसम्म भएको एएसबीसी अन्डर २२ मेन्स एन्ड वमन्स बक्सिङ च्याम्पियनसिप २०२३ मा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन् । 

बैंककमा गत बुधबार भएको महिला ४८ केजी तौल समूहको फाइनलमा सुष्मा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग पराजित भएकी थिइन् ।

उदियमान खेलाडीहरुलाई हौशला र प्रेरणा प्रदान गर्न सहयोग पुर्राउने उद्धेश्यले ५ वर्ष अगाडी पौडी खेलाडी शिरिष गुरुङको नाममा स्थापना गरिएको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey