सिरि ए मा एसी मिलानको खराब लय

Kelmi

  • एजेन्सी
  • |
  • २०७९-१०-११
  • |
  • 389 पटक हेरिएको

इटालियन सिरि ए फुटबलमा दोस्रो स्थानको एसी मिलानले खराब प्रदर्शनलाई जारी राखेको छ ।

पछिल्ला ५ खेलमा ३ मा पराजय तथा २ मा बराबरी खेलेको छ ।

आज विहान भएको खेलमा दोस्रो स्थानको एसी मिलान लाजियोसँग ४–० को पराजय भोग्न बाध्य बन्यो ।

लाजियो भने एसी मिलानलाई पराजित गर्दै तेस्रो स्थानमा उक्लियो ।

दोस्रो स्थानको एसी मिलान ३८ अंकका साथ रहेको छ भने लाजियोले तालिकामा ३७ अंक पुर्‍याएको छ ।

शीर्ष स्थानमा रहेको नापोली ५० अंकका साथ रहेको छ ।

आज विहानको खेलमा एसी मिलानविरुद्ध लाजियोलाई जिताउनका लागि सेर्जिग मिलिन्कोभिच, माटिया जाकाग्नी, लुइस अल्बर्टो र फेलिपे एन्डरसनले एक एक गोल गरे ।

चौथो मिनेटमा सेर्जिग मिलिन्कोभिचले गोल गर्दै लाजियोलाई सुरुआती अग्रता दिलाएका थिए । 

३८ औं मिनेटमा माटिया जाकाग्नीले गोल गर्दै अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा २ गोल व्यहोरेको एसी मिलानले दोस्रो हाफमा पनि उत्कृष्ट प्रदर्शन गर्न असफल रह्यो र उल्टै २ गोल व्योहर्न पुग्यो ।

६७ ओं मिनेटमा पेनाल्टीमार्फत लुइस अल्बर्टोले गोल गरेपछि लाजियो ३–० ले अघि बढेको थियो ।

७५ औं मिनेटमा फेलिपे एन्डरसनले गोल गरेपछि लाजियो ४–० ले जित दर्ता गर्दै तालिकाको तेस्रो स्थानमा उक्लन सफल भयो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal