दक्षिण एसियाली छनोटलाई होनरको साथ

Kelmi

  • नेप्लेज
  • |
  • २०७९-०८-२०
  • |
  • 342 पटक हेरिएको

विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि नेपालमा हुने दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगितालाई होनर मोबाइलले प्रायोजन गर्ने भएको छ ।

आयोजक अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्य र होनरका तर्फबाट सेल्ट्रोन नेपाल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत राहुल राठीले सो सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरे ।

प्रथम उपाध्यक्ष वज्राचार्यका अनुसार प्रायोजन रकम ५ लाख रुपैयाँ बराबर रहेको छ । प्रतियोगिता मंसिर २२ गतेदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey