प्रदेश १ को विजयी शुरुआत,गण्डकी दोस्रो खेलमा पनि पराजित

Kelmi
CG
  • नेप्लेज
  • |
  • २०७९-०८-०८
  • |
  • 102 पटक हेरिएको

वाई वाई  यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्र्तगत मुलपानी मैदानमा भएको खेलमा प्रदेश १ ले गण्डकी प्रदेशलाई हराएको छ ।

 गण्डकीको यो दोस्रो हार हो । पहिलो खेलमा बागमती प्रदेशसंग पराजित भएको थियो । 

 १८४ रन पन्छाएको गण्डकी ४८.३ ओभरमा १६२ रनमा अलआउट भयो ।

उसका करन पंगेनीले ४८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन्।

प्रदेश १ का दिपेश कडेल र अश्विन महतोले ३/३ तथा सोनु अन्सारी र विपिन महतोले २/२ विकेट लिए ।  

त्यसअघि प्रदेश १ ले पहिला ब्याटिङ गरेकोमा ४९.४ ओभरमा १८३ रनमा अलआउट भयो ।

 जसमा सोनु अन्सारीले ६४,दिपेश कडेलले ३६, फैजल रहमानले २५ रन बनाए । 


गण्डकीका शिशिर भुषालले ४,निर्तेशले ३ , शुभाष भण्डारीले २ विकेट लिए ।  

भर्खरै

Advertisement

Nepal Telecom Authority