नेपाली क्रिकेट टोली दिल्लीसंग पराजित
- नेप्लेज
- |
- २०७९-०८-०८
- |
- 565 पटक हेरिएको
भारतमा अभ्यास खेल खेलिरहेको नेपाली क्रिकेट टोली पहिलो एकदिवसीय खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनसँग पराजित भएको छ ।
नेपालले दिएको ३०४ रनको विजय लक्ष्य दिल्लीले ४९.३ ओभरमा ८ विकेटको क्षतीमा पुरा गर्यो ।
जसमा साहिल मल्होत्राले ५२,वैभम शर्माले ४४,यश वर्धान ओबेरियोले ४२ र सक्षम शर्माले ३३ रनको योगदान गरे ।
नेपालका लागि कुशल भुर्तेलले ३ , नन्दन यादबले २ विकेट हात पारे ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपापले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा ३०३ रन बनायो ।
जसमा कप्तान रोहित पौडेल १ सय १३ र दीपेन्द्रसिंह ऐरीले १ सय ९ रन बनाए ।
दिल्ली लागि प्रिन्स यादवले ४, अर्जुन रपरिया र आयुश सिंहले २/२ विकेट हात पारे ।
नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो ।